Thursday, January 26, 2012

गजल

म जलेर खरानी भए पछि थाहा पाउली,
बालुवामा बिलाउदै गए पछि थाहा पाउली ।

सामुन्नेमा आँखी छू सधैं राता गाला भए,
मसान घाटमा पोल्न लए पछि थाहा पाउली ।

चरी भई उड तिमी खुल्ला आकाश आकाश,
अध्यारोले तिमिलाइ कहे पछि थाहा पाउली ।

घाम जुन हार जित तिमी मेरो हाल जस्तो,
हावा पानी उल्टा पुल्टा बहे पछि थाहा पाउली ।

Sunday, January 22, 2012

गजल :

सन्तानले डाँडाकाँडा ढाकिसके आमा,
संसारमा हाम्रो नाम राखिसके आमा ।

सर्बोत्कृष्ट  संबिधान देख्न पाऊँ भन्दै,
पशुपति मनकामना भाकिसके आमा ।

कहाँ मात्र पुगेनन् र अख्तियार धाए, 
शत्रुलाई आफ्नै आँतमा काखिसके आमा ।

लोडशेडिङ अशान्ति र सभासदको देश,
महङी र अत्याचारले पाकिसके आमा ।

छ सय एक दरबार पसे भत्ता पचाउदै,
संबिधान लेख्दालेख्दै थाकिसके आमा ।

के के मात्र गरेनन् र अपहरण चोरी, 
गाईको मासु कस्तो हुन्छ चाखिसके आमा ।