Thursday, June 28, 2012

गजल 

मेची हौं या कालीका हामी नेपाली,
एउटै धुरी पालीका हामी नेपाली । 

काट रगत रातै हो एउटै घरमा, 
पाल्ने पोष्ने मालीका हामी नेपाली ।

जात जातको सानमा छोटे राजा हैन, 
समान खेती बालीका हामी नेपाली । 

रुकुम अनि इलाम एउटै आँखाले,
देख्यौ ? रुख डालीका हामी नेपाली ।

हिमाल पहाड तराई सिङ्गो घर हो,
खाने एउटै थालीका हामी नेपाली ।



गजल

कैले घाम कैले पानी मेरो जिन्दगानी,
सधैं उँदो मात्र जानी मेरो जिन्दगानी ।

दासताको घुम्टो भित्र रुमाल्लिने लाक्षी
समयको खिचा-तानी मेरो जिन्दागानी ।

जहाँ जान्छु जता जान्छु खान्छु हन्डर,
चोटै चोट्को रैछ खानी मेरो जिन्दगानी ।

मैले ताक्दा मुडो घुडो ताक्छ बन्चराले,
दु:ख पाएँ छानी छानी मेरो जिन्दगानी ।

वर्षी रह्यो आँशु मेरो सधै रुन परेपछि ।
मर्नु बाँच्नु भए सानी मेरो जिन्दगानी 



गजल

झरी बादल ओताइदिने छाता एउटै छ,
भित्र जस्तो जे भए नी गाता एउटै छ ।

मरि लानु के नै छ र किन झगडामा,
दाजु भाइ दिदि बहिनि नाता एउटै छ ।

कोहि हामी तराइका छौं कोहि पहाडी,
मेची काली जाँ भए नी हाता एउटै छ ।

कामी दमाइ बाहुन छेत्री गुरुङ्ग भएनि,
हामी सबलाई कस्ने चोया बाता एउटै छ ।

कोइ कसैले फाईदा लिन जुधाइ हामीलाई,
फाईदा लेलान् जुध्नु हुन्न खाता एउटै छ ।



गजल

भोको पेटमा मलाई देखि डकार्ने तिमी हौ,
बिना गल्ति बिना करतुत हकार्ने तिमी हौ ।

मनमनै मनको ब्यथा उडाउदै थेँ चौतारिमा,
मलाई देखि हा हुँ गर्दै खकार्ने तिमी हौ ।

आफ्नै पेवा, बिर्ता ठानी त्यही चौतारोमा,
कठालोमा समाइ कन लकार्ने तिमी हौ ।

दोष जति तिम्रो हुँदा मै सब माथी थुपारेर,
आफै बोक्सी आफै धामी सकार्ने तिमी हौ ।

इज्जत र भरोसा गाँउको सान मान्दा सबले,
कुकुरलाई घ्यू के पच्थ्यो नकार्ने तिमी हौ । 



गजल 

झरी तिमी बर्सी दिदा रमाउछु म, 
दाँदे जुवा कोदाली नी समाउछु म । 

गाँउ बेशी गर्छु म त स्याखु ओडेर, 
बाँझो खन्छु हिलो आली थमाउछु म ।

कैले काही खेतलामा कैले निबेकमा, 
भुटुन मस्ला गर्ने पैसा कमाउछु म । 

भकारी नी भर्नु परो संस्क्रिती बचाइ,
हलसारोमा पन्चै बाजा बजाउछु म ।

हिलो छ्यापी रमाउदै गोरु दगुराइ,
आफू नाची सबैलाई नचाउछु म ।

आषाढ-८, २०६९
सिमलचौर, पोखरा ।

गजल

मुलसडक हिड्दै थिएँ गल्ली देखायौ,
वल्लीतिर मन गाथ्यो पल्ली देखायौ ।

चौतारीमा भेट भयो खोल्यौँ मन पेट,
तिमीतिर मन गाथ्यो झल्ली देखायौ ।

सुम्पीदिएँ जोवन यो मात्र तिमीलाई,
हिरामोती हार ल्याथे कल्ली देखायौ ।

बिद्या रुप नभए नी अग्लै थिएँ म,
कम्मरमा मात्र आउने डल्ली देखायौ ।

मात्र तिमी तिमी मात्र दिलमा सजाएँ,
भन्न भ्याकै छैन मैले चल्ली देखायौ ।

आषाढ-८, २०६९
महेन्द्रपुल, पोखरा ।

Sunday, June 10, 2012

New arrival


गजल  1

बिदेश जाने सुर गरेँ पासपोर्ट बनाएँ,
गाँउ बाट शहर झरेँ पासपोर्ट बनाएँ ।

गैरी खेत बन्धकिमा सुम्पी साहुलाइ,
म्यानपावरमा पैसा छरे पासपोर्ट बनाएँ ।

लिग लिगको हावा संगै उडिरहन्थेँ,
प्लेन चढेँ सागर तरेँ पासपोर्ट बनाएँ ।
 
शिक्षा लियो रोजगार छैन् नेपालमा,
आमाबाको खुशि हरेँ पासपोर्ट बनाएँ ।

उद्योग धन्दा केही छैन अन्धकार मात्रै,
उता देखि यता सरेँ पासपोर्ट बनाएँ ।  



गजल  2

बिदेश जाने सुर गरेँ पासपोर्ट बनाएँ, 
गाँउ बाट शहर झरेँ पासपोर्ट बनाएँ । 

गैरी खेत बन्धकिमा सुम्पी साहुलाइ, 
म्यानपावरमा पैसा छरे पासपोर्ट बनाएँ । 

लिग लिगको हावा संगै उडिरहन्थेँ, 
प्लेन चढेँ सागर तरेँ पासपोर्ट बनाएँ ।

शिक्षा लियो रोजगार छैन् नेपालमा,
आमाबाको खुशि हरेँ पासपोर्ट बनाएँ ।

उद्योग धन्दा केही छैन अन्धकार मात्रै,
उता देखि यता सरेँ पासपोर्ट बनाएँ ।

रामचन्द्र कार्की
जेष्ठ २७, २०६९ 



गजल  3

मेरो खबर सुनाइदिने चरी बैमानि,
भेट्ने बेला बर्सिदिने झरी बैमानि ।

बोलाउछिन कुराउछिन कुरी रहन्छु,
कुर्छु थाक्छु अनि भन्छु परि बैमानी ।

धेरैलाई नै भेटे सरी थाकी आएर,
नरिसाउ ल सरी अरे सरी बैमानी ।

आउन त आउने मन थ्योरे बेलैमा,
हात समाइ तानिरने हरि बैमानी ।

नाटक की माया प्रेम क्यारी बुझने,
मादल उस्तो हैन हजुर खरी बैमानी ।

महेन्द्रपुल, पोखरा 



गजल 4

तल्ला घरे सुन्तलिको चाला हेर त,
स्याउ जस्ता राताराता गाला हेर त ।

कसिलो छ शरीर नि कम्मर बारुली,
नजरका तिखा तिखा भाला हेर त ।

भमराको माझको त्यो फुल सम्झेर,
कती ठुलो झुण्डाएकी ताला हेर त ।

काली काली राम्री नै हो हिस्स परेकी,
क्रिमपाउडर दलेका ति छाला हेर त ।

कती साह्रै लजाउछे हांसै हजारको,
माया प्रेम फलेका ति डाला हेर त ।



गजल  5

रुँदा रुँदा चिम्सिएका आँखा हेर त,
आफ्नै छोरो गुमाएका काका हेर त ।

सुशासन रोजगारी नभएसी देशमा,
बिदेश जाने युवकका खाका हेर त ।

रेमिट्यान्स लैनो भैंसी बुझ्छ सर्कार,
बाँझिएका सुन फल्ने पाखा हेर त ।

बुढेसकालमा साथ दिने कोही भएन,
भन्दै आँशु चुहाएका बाबा हेर त ।

अशान्ती छ बेचैनी छ जनशक्ती खै,
झिकिदैन मह सुक्या चाका हेर त ।

रामचन्द्र कार्की
सिमलचौर, पोखरा-८
जेष्ठ-२३, २०६९



गजल  6

पुर्णिमा को जुन के राम्रो तिमी राम्री अझै,
तेजाबी त्यो सुन के राम्रो तिमी राम्री अझै ।

बत्तिस गुणले युक्त तिमी सुन्दरताकी खानि,
रातो रातो सुन के राम्रो तिमी राम्री अझै ।

तिम्लाई देख्ने जो कोही भन्छ आहा! राम्री,
तरकारीको नुन के राम्रो तिमी राम्री अझै ।

छोए पछी तिम्ले अमृत बन्छ बिष पनि,
आँशु पुछ्ने गुन के राम्रो तिमी राम्री अझै ।

पखेरामा कोइलीको झै गीतको भाका सुने,
बाँसुरिको धुन के राम्रो तिमी राम्री अझै ।

पुष मास मुटु काम्ने हिँउको झरी परोस,
यो'राम'लाई ऊन के राम्रो तिमी राम्री अझै ।



Dui Tukra 


लाथ्यो मलाइ तिम्ले यस्तै भन्छौ होला भन्ने, 
मुखले ठीक्क पारी जरा खन्छौ होला भन्ने । 
मन दिएँ मुटु दिएँ अल्ली बढी भर परेँ, 
तिमी दुध पिला सर्प बन्छौ होला भन्ने ।


तिम्ले मुटु लिए पछी सास फेर्न थालेको छु, 
आफ्नै छुट्टै संसारलाई विश्वाशले पालेको छु । 
सम्योग हो कि भाग्य फिर्या पत्तै छैन मलाई, 
तेजाबी सुन बनाउनलाई अझ बढी गालेको छु ।

Thursday, February 16, 2012

केही हाइकुहरू :

१.
चिसा यी आँखा 
मायाको बियोगमा
हाँसेको मन ।

२.
घाम न पानी
रमाउदै छातामा
साझको बेला ।



3. 
गाउकै काले 
तिम्रै पछि घुम्या छ, 
बाइ नभन ।



4.
लामो कपाल 
टालेको पाइन्टमा 
बिहेको दुल्हा ।

5.
सलाम लाउ 
नमस्कार चढाउ 
फुस्सामा माया ।

6.तिम्री न मेरि 
बाइफाले प्रेमिका 
धरर रोइ ।

7.सिस्नु हो माया 
कस्तरी पोल्छ मुटु 
बिर्सने सुत्र ।

8.
औशीको रात 
डरलाग्दो चित्कार 
प्रेमिका भुत ।

9. 
कुबेर तिमी 
सापट देउ न ल 
जान्दिन म नी ।

10.
ठीक हो नानी 
मागेर कहाँ पायौ 
सुझाब मात्र ।

11.
खितिती हाँसो 
स्वास्थ्यलाई नाफा झन
हाँसौ न हाँसौ । 

12.
साडि की चोली 
जे सुकै लगाउन 
पाइन्न माया ।

13.
प्रेम दिवस 
चोरियो गुलाब नी 
काखमा आँशु ।

14.
बजेका चुरा 
झलझली तिमी छौ 
तड्पिन्छ मन 

15.
असारे बाढी 
शिर देखि पुच्छर 
बगायो माया ।

16. 
 डराउ साथी
रोलान् नी सङ्गिनी
प्रेमको यात्रा ।

17.
 बल्ल पो मिल्यो
यी मनका कुराले
उडायो पहाड ।

18.
सलाम लाउ
नमस्कार चढाउ
फुस्सामा माया ।



Wednesday, February 15, 2012

नयाँ गजलहरू:

1.
बादल भित्र घाम छ, सरकार उस्तै छ, 
देशमा बाबु राम छ, सरकार उस्तै छ । 

अशान्ति छ दर्द छ, जनता निरास छन्, 
जता नजाउँ लाम छ, सरकार उस्तै छ ।

स्विजरल्यान्ड बनाउने, भासण फोहोरामा,
न काम छ नाम छ, सरकार उस्तै छ ।

राणा भन्दा चर्को छ, सत्ता अर्जुन दृष्‍टि,
मोज मस्ती माम छ, सरकार उस्तै छ ।

न त लेखे संबिधान नै, न त दिए खुशि,
राजीनामको खाम छ, सरकार उस्तै छ ।



2. 
झलमल घाम थियो भ्यालेन्टाइन थियो,
बाटाभरी लाम थियो भ्यालेन्टाइन थियो ।

ग्यालरी र गार्डेनमा ठुलो भिड्भाड थियो,
खचाखच ठाम थियो भ्यालेन्टाइन थियो ।

जता जान्थेँ जोडी देख्थेँ प्रणय जालो भित्र,
शहर जस्तै गाम थियो भ्यालेन्टाइन थियो ।

हिमालचुली मुस्कुराउथ्यो कोइलीले गाउथ्यो,
उन्को ताम झाम थियो भ्यालेन्टाइन थियो ।

प्रतिक्षाको पल चिर्दै आइन उनी नजिकमा,
बिछोडको खाम थियो भ्यालेन्टाइन थियो ।



3.
आज किन किन तिम्लाइ कस्ती देख्या छु,
परि हौ की देव कन्या जस्ती देख्या छु ।

प्रेम दिवस आर होकी चन्चल मन मेरो,
एकान्तमा तिम्रो मेरो मस्ती देख्या छु ।

पाहारिलो मौषम संगै खुल्ला डाँडा काँडा,
जता ततै पिरतीको गस्ती देख्या छु ।

मरुभुमी छैन् कतै उर्बरा छ यत्र तत्र,
हासो खुशि उमंगको बस्ती देख्या छु ।

प्रगाड यो मित्रतामा नयाँ नाता जोडौं,
तिम्लाइ मेरो सर्बेसर्वा हस्ती देख्या छु ।



4.

जय प्रेम दिवस
आउ हामी संगै भनौ ह्याप्पी भ्यालेन्टाइन,
पिरतिमा हिरो बनौ ह्याप्पी भ्यालेन्टाइन ।

सजाउनु छ भब्य महल मुनामदन बनि,
अबिनाशी जग खनौ ह्याप्पी भ्यालेन्टाइन ।

गुलाबको फुल किन सारा जीवन तिमिलाइ,
गुलाब छाडौ माया गनौ ह्याप्पी भ्यालेन्टाइन ।
 


5.
जाँगर मारी के पाईन्छ साथी, 
कोपिला झारी के पाईन्छ साथी । 

श्रीखण्ड हो की खुर्पाको बिड, 
सर्दैमा पारी के पाईन्छ साथी ।

हाँस र हसाँउ खुशिमा रमाउ, 
शरीर भारी के पाईन्छ साथी । 

हिम्मत बढाउ फोड्न पहाड,
सागर तारी के पाईन्छ साथी ।

उडेर हेर आकास र धर्तिमा,
कुवामा चारी के पाईन्छ साथी ।



6.
मन मुटु आँखाको नानी हौ तिमी,
चैत मास कुलाको पानी हौ तिमी ।

जब देख्छु तिमीलाइ भुल्छु संसार,
आशा खुशी चैनको खानी हौ तिमी ।

जती सानो मुल्यवान उती पियारो,
हिरा मोती मणी झै सानी हौ तिमी ।

बोल्नु भन्दा पहिल्यै बुझ्छौ चाहना,
देवत्वले भरिएकी ज्ञानी हौ तिमी ।

तिम्रै सामु नजरमा घुमी रहेछु,
'बिफल'को दिलको रानी हौ तिमी ।



7.
भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो,
दुरी किन बढ्यो भनि मनमा कुरी कुरी बढ्यो ।

अचानकै देखे उन्लाई क्षितिज पारी डोली भित्र,
अपार माया देकै थिएँ किन मनमा छुरी बढ्यो ।

माया रुपी माला थिए ढाकिद्याथे मायाले नै,
माला अनि बाला फाली हातमा किन चुरी बढ्यो ।

फेवा तालको भेट हाम्रो माया जालमा बेरिएसी,
खै कस्लाई डाहा लाग्यो निकै चुरी फुरी बढ्यो ।

भाकेका थ्यौ ताल बाराही संगै बिन्ध्यबासनिमा,
माया भाथ्यो अक्सिजन हत्तपत्त हुरी बढ्यो ।



8.

टुक्रा टुक्रा मुटु मेरो जोड्न सक्छौ त, 
उ सँगको नाता फेरि तोड्न सक्छौ त ? 


एक बार हैन तिम्लाइ हजार हजार बार, 
सुम्पदै छू यो बगैचा गोड्न सक्छौ त ? 

एकोहोरो दगुर्या छौ ब्रेक लाउछौ कि, 
पर्खिराछु तिमिलाइ मोड्न सक्छौ त ?

उही झरी रुझौला नी घाम तापौला, 
मै दिउला पछ्यौरी यो ओड्न सक्छौ त । 


समाज र सस्क्रिती नी अबरोध हैनन्, 
तिम्रो मेरो बीचको पर्दा फोड्न सक्छौ त । 


Thursday, January 26, 2012

गजल

म जलेर खरानी भए पछि थाहा पाउली,
बालुवामा बिलाउदै गए पछि थाहा पाउली ।

सामुन्नेमा आँखी छू सधैं राता गाला भए,
मसान घाटमा पोल्न लए पछि थाहा पाउली ।

चरी भई उड तिमी खुल्ला आकाश आकाश,
अध्यारोले तिमिलाइ कहे पछि थाहा पाउली ।

घाम जुन हार जित तिमी मेरो हाल जस्तो,
हावा पानी उल्टा पुल्टा बहे पछि थाहा पाउली ।

Sunday, January 22, 2012

गजल :

सन्तानले डाँडाकाँडा ढाकिसके आमा,
संसारमा हाम्रो नाम राखिसके आमा ।

सर्बोत्कृष्ट  संबिधान देख्न पाऊँ भन्दै,
पशुपति मनकामना भाकिसके आमा ।

कहाँ मात्र पुगेनन् र अख्तियार धाए, 
शत्रुलाई आफ्नै आँतमा काखिसके आमा ।

लोडशेडिङ अशान्ति र सभासदको देश,
महङी र अत्याचारले पाकिसके आमा ।

छ सय एक दरबार पसे भत्ता पचाउदै,
संबिधान लेख्दालेख्दै थाकिसके आमा ।

के के मात्र गरेनन् र अपहरण चोरी, 
गाईको मासु कस्तो हुन्छ चाखिसके आमा ।

Thursday, January 19, 2012

गजलहरु:

गजल १ 
गोली छाड्ने बन्दुकको नाल देखि डर लाग्यो,
पाइला पाइला तर्साउने छाल देखि डर लाग्यो ।

शक्तिशाली सूर्यमा त ग्रहण पर्छ कहिले काहि, 
अजम्बरी के बाँचुला काल देखि डर लाग्यो ।

न त खाँए तिखो बचन न त दिए कसैलाइ,
बाँच्छु भन्छु इज्जतले गाल देखि डर लाग्यो ।

दरौदीको सङ्लो पानी बरिखामा लेदो बग्छ,
त्यै पानीमा माछी बन्दा जाल देखि डर लाग्छ ।

महाभारत यहि हुन्छ कुरु क्षेत्र सधै सधैं,
सकुनी र दुर्योधनको चाल देखि डर लाग्छ ।

गजल २
सागर भन्थ्यौ तिम्रो माया सुकी छाड्यौ आखिर,
मेरै मनमा बस्छु भन्थ्यौ घुमी छाड्यौ आखिर ।

अङ्गालेर यो माछीलाई झिक्यौ सागरबाट पनि,
अग्रेठको माझमा फाली लुकी छाड्यौ आखिर ।

मखमली र गुलाबसँग दाँज्थ्यौ आफैलाइ,
पत्थरको के फुँइ लाउछौ चुकी छाड्यौ आखिर ।

अटल छू म बचनमा पूरा गर्छु भन्थ्यौ,
बाँस जस्तो लम्किएर झुकी छाड्यौ आखिर ।

हिंडे म त बिदेश

आफ्नै देशमा केही गरौ भन्ने जोश थियो,
सुन्दर शान्त हराभरा राख्ने सोच थियो ।
यहि माटोमा पसिना पोखी पोखि हासौ,
भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ ।

तँ यो पाटी म यो पाटी घरमै हानाथाप,
पदको लागि तछाड मछाड भाछ काटाकाट ।
एउटाको काम राम्रो देखे अर्को खुट्टा तान्छ,
उ भन्दा त मै अगाडी सर्वेसर्वा ठान्छ ।

गाउ घर देशको ब्यथा उस्तै उस्तै यहाँ,
आफ्नैले आफ्नैले लुछ्दा लुछ्दै यहाँ ।
आँशु मात्रै आँखामा छ, बेचैनीले सास्ति,
पिटी पिटी रुन मन लाछ मलाइ छात्ती ।

रोयो मेची रोयो काली रोयो राजधानी,
जनता सब मगन्ते छन् नेता खान्दानी ।
पाँच बर्ष भो खान थाल्या अझै अघाछैनन्,
दिमाग भरी गोबर रछ बुद्धी जगाछैनन ।

जातततै महङी छ कालो बादल देशभरि,
सान्तवनाले मन बुझेन रित्तो पेटभरी ।
अन्तत: मैले पनि हात लाँए पासपोर्ट,
देशको माया मुठ्ठि भित्र सहेँ मात्री चोट ।

जन्म दिने आमा र जन्म भुमी छाडी,
शिक्षित तर बेरोजगार लागे म त खाडी ।
सेवा गर्न नसके नी माया मार्ने छैन् ,
आमाको र देशको माया कतै सार्ने छैन् ।

साबधान लामखुट्टेहरू

क्रान्तिको नाँउमा
चिच्याटलाग्दो बिगुल फुकेर
रगत चुस्न नखोज लामखुट्टेहरू
तिमीहरूको सुँडको तिख्खरता
सजिलै नाप्छ हाम्रो शरीरले ।

ओसिलो र चिस्यानको बास
छिनमै सागर र मरुभुमी बन्नेछ,
त्यति बेला दया त मलाइ लाग्नेछ तिमीहरू माथी
किन की तिमीहरू
न त खरानी हुने छौ न त बालुवा
मात्र हुनेछौ हाम्रो पन्जामा ।

तानासाही रुप धारण गरेर
रगतको शिकारमा लम्कन छाड अब,
फलफुलमा पनि बिष प्रयोग छ ।
मच्छदानीसंगै आएका तरल पदार्थ
तिम्रो बिनासको लागि सलबाऐरहेछन ।

साउने झरीमा यदाकदा आवाज भर्थ्यौ तिमी
आजकाल क्रान्तिको भुत चड्यो की क्या
मङ्सिरको चिसो र चैतको खडेरिमा समेत
मौशमी प्रबाह नगरि
एकछत्र शोशणको नङ्रा फिजाउदै
सुँडको धार मिलाउदै चिप्लो घसी निरन्तर
रात र दिन नभनी उज्ज्यालो अन्धयारो नभनी
हत्या र हिंसामा उद्देलित छौ ।

औलो ज्वरो, हात्तिपाइले, मलेरिया
आदि आदि रोगको किटाणु फैलाउदै
भ्रम हटाउ मानब बिनाशको
याद गर मनुस्यको समाप्तीसंगै
तिम्रो समाप्ती निस्चित छ
तर यो सम्भव छैन,
तिम्रो भन्दा पहिला मनुस्यको समाप्ती ।

तिम्रो दमनले हामीलाई बाँच्न सिकाएको छ,
तिम्रो अत्याचारले हामीलाई पढाएको छ,
क्रान्तिपछीको सत्ता पनि निरन्तरतामा टिक्न सक्दैन ।
सुँड रोपी रोपी कर्कश आवाजले सास्ती दिदै,
अचेत बनाउन नखोज मान्छेलाई
हामि प्रतिरोधका लागि तयार छौ ।

तिम्रो अन्यायको सिमा नाघिसक्यो,
सिथिल हाम्रा हातहरू हतियार पूर्ण छन्
डरमा कापिरहेकाहाम्रा मन
आफै पलाएका ढाडसमा,
तिम्रो आक्रमणको प्रतिक्षामा छन् ।

त्यसैले त होसियार लाम्खुट्टे
आफ्नु अस्तित्व बचाउनु छ भने
सुँडको रक्षा गर्नु छ भने
मानव बस्तिबाट टाढा भाग
नत्र खैरियात छैन
होसियार लाम्खुट्टे ।

दुई टुक्रा मुक्तक

तिमी धनी म गरिव फरक यत्ति हो,
तिमी बिद्धान म हरिप फरक यत्ति हो ।
आफ्नै गुण आफ्नै दोष हुन्छ सबैको,
तिमी ल्वाङ म मरिच फरक यत्ति हो ।

मैले आफ्नु जिवनलाई टिलाहरुमा खोजेँ,
गुलाब फूल पन्छाएर शिलाहरुमा खोजेँ ।
फूल काँडा पत्थर छाल फरक परिभाषा,
बुझिकनै मैले जीवन किलाहरुमा खोजेँ ।

यस्तो पिरती

पिरतीको के कुरा भो ज्यानै गलाउने,
माछो माछो भ्यागुतो सरी छलाउने ।
चल्न गाह्रो यो संसार पिरतीको खातिर,
स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर ।

हाम्रो सानो संसार थियो पिरतीको आडमा,
भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा ।
दरौदीको पानी भन्दा सङ्लो हाम्रो माया,
मनकामना र गोरखनाथ हाम्रै दाँया बाँया ।

मुस्कुराउदा उनले त्यहा लालिगुँरास लजाउथ्यो,
लिगलिगले सल्लासंगै शंख घन्टा बजाउथ्यो ।
हिमाल चुली जिस्काउथ्यो मुनामदन भन्दै,
हाँस्थ्यौ हामी खुशि हुन्थ्यौ रिसाएनौ बन्दै ।

सधैं भरी एकै खालको हावा चल्दो रहेनछ,
उनको मनले मेरो हासो खुशी केही सहेनछ ।
बाचा कसम आबेगमा रे माया नाटक अरे,
छाडि गइन उनले मलाइ जिउदैमा मरेँ ।

न त धनको पछि लागिन न त मनको,
म पनि त घरकै थिएँ थिइन बनको ।
माया गर्न जानिन की थाम्न सकिनन्,
राता आँखा तरी गइन् तर फर्किनन ।