Wednesday, December 7, 2011

गजलहरु :


तन मेरो पोखरामा मन गोरखामा,
मरुभुमी पोखरामा बन गोरखामा ।

सबै हिड्छन तर्की यहाँ मानवता छैन,
माया छैनन् पोखरामा छन गोरखामा ।

सडक तिर धुँवा धुलो, रित्ता मनहरु,
पाउ आशा पोखरामा टन  गोरखामा।

माटो छुदा माटै बोल्थ्यो पानी छुँदा पानी,
परिश्रम पोखरामा धन गोरखामा ।

दाँया बाँया जता फर्क्यो उतै कोलाहल,
कोहि छैनन् पोखरामा जन गोरखामा ।


हिंसा रहित दशै मान्न पाए कसो होला,
मासु साटो फल्फूल दुध खाए कसो होला ।

प्राण सबको एकै हो बाँच्ने अधिकार पनि,
सबै जन्मा सबै मन्मा छाए कसो होला ।

मिठो खाने राम्रो लाउने दक्षिणाको फुर्ति,
त्यागी सबले आशिरबाद लाए कसो होला ।

जुवा तास लङगुरबुर्जा छाडी सदभावमा,
हरेक हरेक साल दशै आए कसो होला ।

हुने खाने रमाउदा हुँदा खाने ॠणमा,
असमान खाडल मेट्दै गाए कसो होला ।


दुई  दिनको जिन्दगीमा खलबल भए के मज्जा ?
मुस्कान माथी आँशुको मलजल भए के मज्जा ?


आँखाभरी आशाको संसार चुलाई गोरेटोमा,
बीच बाटोमा अनयासै हलचल भए के मज्जा?

रुझी भीजी असारमा रोपाइ सकी घर फर्क्यो,
मङ्सिरमास बर्षातको पलपल भए के मज्जा ? 

शान्ति बार्ता गर्ने भन्दै सल्लाहको बैठक मै,
हस्तक्षार गर्ने बेला दलबल भए के मज्जा ?

गाई मारेर गधा कहिल्यै पोस्नु हुन्न भन्छन्,
घरको जग लाउदा नै ढलपल भए के मज्जा ?

गोड्यो मोल्यो पानी हाल्यो नानाथरी फूल फुलाउन,
फूल मरी झारपात पो मलमल भए के मज्जा ?

No comments:

Post a Comment