Wednesday, December 7, 2011

मुक्तक दोहोरी

मुक्तक दोहोरी सुबाश श्रेष्ठ र रामचन्द्र कार्की बिच:

Shrestha Subash
कसले भन्यो हाम्रो माया साउनेभेलको पानी जस्तो
दुई चार दिनमा बिर्सिजाने अल्लारेको बानी जस्तो।
जिन्दगीको अन्तिम सम्म तिम्रो साथ छोड्दिन म
तिमीलाई त लाग्छ मेरो दुई आँखाको नानी जस्तो।

रामचन्द्र कार्की
चिल्लो घस्न तिमिलाइ पनि बानी परेछ,
तिमिलाइ दिने गुलाब फूल ओइली झरेछ ।
कती खोजे मैले तिमिलाइ कता भाग्यौ भाग्यौ,
बल्ल थाहा भो तिम्रो मन अन्तै सरेछ ।

Shrestha Subash :
ओईलिएर झर्ने फूललाई रोक्न सकिदैन हेर
प्राकृतिक नियम हामी तोक्न सकिदैन हेर।
त्यसैले त भेटे पछि छुट्नै पर्छ कुनै दिन त
सबै कुरा यहाँ अहिले पोख्न सकिदैन हेर।।:P

रामचन्द्र कार्की :
त्यसो भन्दै तिमिले माया मार्ने हो त सुबाश,
यो गुड बाट अन्तै गुड सार्ने हो त सुबाश ।
सम्झि हेर बाचा कसम साक्षी गोरखकालि,
प्रकृतिलाई दोश दिइ टार्ने हो त सुबाश ?

Shrestha Subash --------------
मनमा माया राखेको छु जति टाढा भएपनि
फाल्नैछैन कहिल्यैपनि घोच्ने काँडा भएपनि।
जिन्दगीको मेरो यात्रा मोड्नेछैन कहिल्यै हेर
मेरो यात्रा रोक्न खोज्ने अग्लो डाँडा भएपनि।

रामचन्द्र कार्की :
फेरि छाट्यौ आदर्शका कुरा तिमिले,
रेट्यौ घोच्यौ मन मुटुमा छुरा तिमिले,
ऐलेसम्म कतिलाई दियौ यस्तो आस्वासन,
अरुलाई हात्ती ठान्यौ मलाइ भुरा तिमिले ।

Shrestha Subash ----------
आफ्नो मान्छे आफ्नै हुन्छ मनले जे-जे सोच्दापनि
दुखाई पनि मीठो हुन्छ उसले मुटु घोच्दापनि।
त्यसैले त मन भित्र मात्र एउटा मान्छे हुन्छ
जिन्दगीको गोरेटोमा अनेक बाटो रोज्दापनि।

रामचन्द्र कार्की :
त्यहि भनेरै तिम्रो पछि लागेकी हुँ सुबास,
आमा बाको आँखा छली भागेकी हुँ सुबास ।
तिमी बाहेक मैले कोहि सोच्या छैन हेर,
मनकामना भाकल गरि मागेकी हुँ सुबाश ।

Shrestha Subash:
बल्ल गर्यौ तिमीले नि मेरो मुटु छुने कुरा
तर कहिल्यै नगर है मेरो मन रुने कुरा।
पाईदैन सुख शान्ति मन्दिरमा भाकल गर्दा
यो त हाम्रो धर्म अनि कर्म सँगै हुने कुरा।।

रामचन्द्र कार्की :
किन तनी तिमी पनि अनेक थरी कुरा गर्छौ,
यता ज्यान हुँदा हुँदै अन्त अन्तै चर्छौ ।
कैले काही त ठट्टा होला कहीले मुटु दुख्ला,
कहीले लाग्छ मलाइ छाडि अन्तै बसाइ सर्छौ ।

Shrestha Subash
सक्छौ भने यो मायाको कुनै यौटा सार लगाउ
हैन भने हाम्रो बिचमा काँडे तारको बार लगाउँ।
सधैभरि बिच बाटोमा अल्झाएर राख्छौ किन?
हार भए नि स्वीकार्छु म तर छिट्टै पार लगाउ।

रामचन्द्र कार्की:
फेरि किन उचालियौ कस्ले थप्यो बल,
आउ बसौ चौतारिमा गरौ छलफल ।
मैले तिमिलाइ आफ्नु ठाने तिमिले ठान्दौनौ र?
हैन भने पसो बाँटे तिमिले देको सल ।

No comments:

Post a Comment