Thursday, December 15, 2011

गजल :

आउ हामी संगै फेरौ सास पिरतिको,
आउ हामी संगै खाउ गास पिरतीको ।

छुटिएर के बस्नु खै हामी वारी पारी,
आउ हामी संगै रोपौ घास पिरतीको ।

मायाकै हो यो संसार गरौ मलजल,
आउ हामी संगै बनौ दास पिरतीको ।

माया त्यस्तो सागर हो जान चलाउन,
आउ हामी संगै बसौ बास पिरतीको ।

देख्नु छुनु केही छैन मात्र अनुभव,
आउ हामी संगै थपौ रास पिरतीको ।

दुई दिन्को जिन्दगीमा शुभ मात्रै सोच,
आउ हामी सँग गरौ आश पिरतीको ।