Thursday, June 28, 2012

गजल 

मेची हौं या कालीका हामी नेपाली,
एउटै धुरी पालीका हामी नेपाली । 

काट रगत रातै हो एउटै घरमा, 
पाल्ने पोष्ने मालीका हामी नेपाली ।

जात जातको सानमा छोटे राजा हैन, 
समान खेती बालीका हामी नेपाली । 

रुकुम अनि इलाम एउटै आँखाले,
देख्यौ ? रुख डालीका हामी नेपाली ।

हिमाल पहाड तराई सिङ्गो घर हो,
खाने एउटै थालीका हामी नेपाली ।



गजल

कैले घाम कैले पानी मेरो जिन्दगानी,
सधैं उँदो मात्र जानी मेरो जिन्दगानी ।

दासताको घुम्टो भित्र रुमाल्लिने लाक्षी
समयको खिचा-तानी मेरो जिन्दागानी ।

जहाँ जान्छु जता जान्छु खान्छु हन्डर,
चोटै चोट्को रैछ खानी मेरो जिन्दगानी ।

मैले ताक्दा मुडो घुडो ताक्छ बन्चराले,
दु:ख पाएँ छानी छानी मेरो जिन्दगानी ।

वर्षी रह्यो आँशु मेरो सधै रुन परेपछि ।
मर्नु बाँच्नु भए सानी मेरो जिन्दगानी 



गजल

झरी बादल ओताइदिने छाता एउटै छ,
भित्र जस्तो जे भए नी गाता एउटै छ ।

मरि लानु के नै छ र किन झगडामा,
दाजु भाइ दिदि बहिनि नाता एउटै छ ।

कोहि हामी तराइका छौं कोहि पहाडी,
मेची काली जाँ भए नी हाता एउटै छ ।

कामी दमाइ बाहुन छेत्री गुरुङ्ग भएनि,
हामी सबलाई कस्ने चोया बाता एउटै छ ।

कोइ कसैले फाईदा लिन जुधाइ हामीलाई,
फाईदा लेलान् जुध्नु हुन्न खाता एउटै छ ।



गजल

भोको पेटमा मलाई देखि डकार्ने तिमी हौ,
बिना गल्ति बिना करतुत हकार्ने तिमी हौ ।

मनमनै मनको ब्यथा उडाउदै थेँ चौतारिमा,
मलाई देखि हा हुँ गर्दै खकार्ने तिमी हौ ।

आफ्नै पेवा, बिर्ता ठानी त्यही चौतारोमा,
कठालोमा समाइ कन लकार्ने तिमी हौ ।

दोष जति तिम्रो हुँदा मै सब माथी थुपारेर,
आफै बोक्सी आफै धामी सकार्ने तिमी हौ ।

इज्जत र भरोसा गाँउको सान मान्दा सबले,
कुकुरलाई घ्यू के पच्थ्यो नकार्ने तिमी हौ । 



गजल 

झरी तिमी बर्सी दिदा रमाउछु म, 
दाँदे जुवा कोदाली नी समाउछु म । 

गाँउ बेशी गर्छु म त स्याखु ओडेर, 
बाँझो खन्छु हिलो आली थमाउछु म ।

कैले काही खेतलामा कैले निबेकमा, 
भुटुन मस्ला गर्ने पैसा कमाउछु म । 

भकारी नी भर्नु परो संस्क्रिती बचाइ,
हलसारोमा पन्चै बाजा बजाउछु म ।

हिलो छ्यापी रमाउदै गोरु दगुराइ,
आफू नाची सबैलाई नचाउछु म ।

आषाढ-८, २०६९
सिमलचौर, पोखरा ।

गजल

मुलसडक हिड्दै थिएँ गल्ली देखायौ,
वल्लीतिर मन गाथ्यो पल्ली देखायौ ।

चौतारीमा भेट भयो खोल्यौँ मन पेट,
तिमीतिर मन गाथ्यो झल्ली देखायौ ।

सुम्पीदिएँ जोवन यो मात्र तिमीलाई,
हिरामोती हार ल्याथे कल्ली देखायौ ।

बिद्या रुप नभए नी अग्लै थिएँ म,
कम्मरमा मात्र आउने डल्ली देखायौ ।

मात्र तिमी तिमी मात्र दिलमा सजाएँ,
भन्न भ्याकै छैन मैले चल्ली देखायौ ।

आषाढ-८, २०६९
महेन्द्रपुल, पोखरा ।

No comments:

Post a Comment