Sunday, January 22, 2012

गजल :

सन्तानले डाँडाकाँडा ढाकिसके आमा,
संसारमा हाम्रो नाम राखिसके आमा ।

सर्बोत्कृष्ट  संबिधान देख्न पाऊँ भन्दै,
पशुपति मनकामना भाकिसके आमा ।

कहाँ मात्र पुगेनन् र अख्तियार धाए, 
शत्रुलाई आफ्नै आँतमा काखिसके आमा ।

लोडशेडिङ अशान्ति र सभासदको देश,
महङी र अत्याचारले पाकिसके आमा ।

छ सय एक दरबार पसे भत्ता पचाउदै,
संबिधान लेख्दालेख्दै थाकिसके आमा ।

के के मात्र गरेनन् र अपहरण चोरी, 
गाईको मासु कस्तो हुन्छ चाखिसके आमा ।

No comments:

Post a Comment