Wednesday, December 7, 2011

कबिता : जङ्गल


पूर्व पहेलो भएन यहाँ
भालेको डाँक छुटेन,
चरीको चिरिबिरी
यो कोलाहल क्रंकिट र रोडाको जङ्गलमा ।

एकै थरी जङ्गल
साथ दिइरहेछन
फलामे रडले
निर्दयी मान्छे भत्काइरहेछ प्रकृति ।

आँशुले टिल्पिल परेली
तप्प तप्प सागरमा
खै मुल्य यहाँ आँशुको
मुल्य त केबल महङगाइमा ।

धुवाँको मुस्लोले फोक्सोलाई जिस्काइरहेछ,
हरपल हरक्षण बिशबमन भैरहेछ ।
अंग अंग सिथिल छन्,
न रोक्न सकिन्छ, न लेख्न सकिन्छ ।

दिनानुदिन सिमेन्ट र रोडाको
ब्रिक्षारोपण भइरहेछ,
त्यसैले भएर पनि रिक्तता यहाँ ।

तार छ, पोल छ बिजुली छैन,
फोन छ, मोबाइल छ टावर छैन,
गाडी छन् सडक छैन,
महङगी छ पैसा छैन ।
यो अभाबको जङ्गल
यो तनाबको जङ्गल ।

न आउछ चिसो हावा
न देखिन्छ प्रकृति यहाँ,
न भेटिन्छ चिसो पानीको मूल
यो घना क्रितिम जङ्गलमा ।
बाघ भालु बस्ने जङ्गलमा
मान्छे नै बाघ भालु बनीरहेछन यहाँ ।
सर्प बनेर डस्दछन्
अनी ब्वाँसो बनेर चुसिरहेछन ।

भुस्याहा कुकुरहरु भुकिरहेछन
उद्योगले धुँवा र कोलाहल,
जता जाँउ क्रंकिट र रोडा
सडकका आवाजले कानै टम्म ।

यो शैक्षिक उद्योग
उत्पादन गरिरेहछ बेरोजगार युवा,
नारामा सिमित बुर्जुवा र क्रान्तिकारी शिक्षा
जुँगाको लडाइ निर्जन जङ्गलमा ।

आगो बले पो ताप्ने यहाँ
जोड्न खोज्यो मुढा तान्छन
घुँडामा टेक्छन टाउकोमा हान्छन
यो जङ्गलै महान यो बिचारै महान ।
प्रदुशित पानी पिउन वाध्य
सुक्दै मुहान काटिदै रुख,
जरै खन्यो बसाउन जग
क्यारी मर्ने यो गलाको प्यास ।

सधैंभरी एउटै मौसम
केबल अन्तर चिसो र तातोको,
सलाई बट्टे गगनचुम्बी घर
अपरिचित छिमेकी रुखो बचन ।

खोलाको बालुवा महल बन्छ
नदी सुकेर बगर,
अन्नको पहाड

क्रंकिटको सहरमा चिच्याइरहेछु ।
डाँडाको हावा फर्कन्छ
उतै क्रंकिटको जङ्गल निरस ।

No comments:

Post a Comment