Thursday, December 8, 2011

गजलहरु:


दुनियाँको नजरमा खाते हुँ म खाते,
भातको सिता नदेखेनी भाते हुँ म भाते ।

थरि थरी रङ्ग मेरो तन मन भरि,
छालापनि रङ्गी चङ्गी टाटे हुँ म टाटे ।

अनुहार कालो कालो चरि नङ्रे खुट्टा,
च्यापुसम्म दाँत मेरो दाते हुँ म दाँते ।

कतै पीप बग्या छ त कतै रातो घाउ,
जिउ भरी खाटै खाटा खाटे हुँ म खाटे ।

मस्कीदिन्छु बोलीदिन्छु छैन कत्ति लाज,
यी  सबैको देखाइमा नाठे हुँ म नाठे ।



सुशेलीले मङिरमा गाउन हुन्न भन्थे,
पर्देशीले नौ दिनमा आउन हुन्न भन्थे ।

कस्तो आयो जमाना यो रुप रंग फेरि,
बिधवाले रातो लुगा लाउन हुन्न भन्थे ।

महिलाले जोत्न संगै काट मार थाले,
धुरी चढि घर पनि छाउन हुन्न भन्थे ।

उइल्या कुरा खुइली गए भन्नु पर्छ अब,
महिलाले बहर बाच्छो दाउन हुन्न भन्थे ।

एकोहोरो बन्देजमा नारी भोकै बस्ने ?
असारका खेत गरा साउन हुन्न भन्थे ।

 ३
आँखाको तारो नबन साथी,
चढेको पारो नबन साथि ।

हामी त उही ड्याङका मुला,
साथीको गाह्रो नबन साथी ।

खुशिले रमाउ सबैका सामु,
छरेको चारो नबन साथी ।

हसिलो मुखले मनमा बस,
चैतको धारो नबन साथी ।

 ४
आशाको दियो बालेर हेर,
बिरोधी पर्खाल ढालेर हेर ।

मनमा बोकी उत्साह डालि,
आगोमा पानी हालेर हेर ।

बिरालो बाध्ने हटाउ रिति,
चुलाको हिउँ फालेर हेर ।

बिचारले केही गर्दैन साथी,
आँटमा पाइला चालेर हेर ।

पहेलो सुनै नहुन सक्छ,
आगोमा राखी गालेर हेर ।

No comments:

Post a Comment